जिल्ला प्रहरी परिसर काठमाण्डूको गेटबाटै भागे थुनुवा

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १४:५० मा प्रकाशित

काठमाण्डू, ७ जेठ– काठमाण्डूको भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूको गेटबाट एकजना थुनुवा फरार भएका छन ।

आज (बुधबार) दिउँसो काठमाण्डू जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा फरार भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराले जानकारी दिएका छन ।

सात दिनअघि पक्राउ परेका दोलखाका २४ वर्षीय निशान परियार फरार भएका हुन् । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो । उनीमाथि जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us