रुसको अत्याचारले सीमा नाघ्यो: भ्लोदिमिर जेलेन्स्की

काठमाण्डु टुडे २०७९ पुष ७ गते ११:०२ मा प्रकाशित

 

एजेन्सी–युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै रुसको अत्याचारले सीमा नाघेको बताएका छन ।

सबै प्रतिकूलताका बाबजुद युक्रेन जीवित रहेको बताउँदै उनले युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदो पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए ।

उनल युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने उनले बताए । जेलेन्स्कीले सम्बोधन गरिरहँदा अमेरिकी सांसदरुले पटक पटक ताली बजाएर र आफ्नो आसनबाट उठेर सम्मान व्यक्त गरेका थिए ।

उनले रुसविरुद्धको लडाइँमा अमेरिकाको साथ, सहयोग र समर्थनप्रति आभार व्यक्त गरेका छन । उनले रुसविरुद्धको लडाइँमा युक्रेनले विजय हासिल गरेरै छाड्ने बताएका छन ।

त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले रुसविरुद्धको लडाइँमा युक्रेन एक्लै नहुने बताउँदै अमेरिकाको साथ चाहिंदासम्म आफूहरुले साथ दिने बताएका थिए ।

युक्रेनलाई थप दुई अर्ब अमेरिकी डलरसहितको सैन्य सहयोग गर्ने पनि उनले बताए । बाइडनले नयाँ वर्षमा युक्रेनलाई झण्डै ४५ अर्ब डलर बराबरको सहयोग गर्ने बाचासमेत गरेका छन् । यद्यपि उनको यो घोषणालाई अमेरिकी संसदले स्वीकृति दिन बाँकी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us