
काठमाण्डु,१ पुस– बागमती सभ्यताको संरक्षण गर्न त्यहाँबाट तत्काल अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन सुरु गीएको छ ।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले विश्व बागमती नदी र त्यसको सभ्यता संरक्षण गर्न माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका हुन ।
आज (शुक्रबार) वसन्तपुर डबलीमा आयोजित कार्यक्रमपछि संकलित हस्ताक्षर सम्बन्धित निकायमा बुझाइने आयोजक पक्षले बताएको छ ।