झारफुकको बहानामा जबरजस्ती करणी गर्ने धामी पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर २८ गते १२:३६ मा प्रकाशित

काठमाण्डु ,२८ मंसीर- झारफुक गर्ने बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा कपिलवस्तुमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजन रहेका छन। उनी यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार भयको आरोप छ।

हरिजनले विरामी रहेकी ती युवतीलाई रातको समयमा झारफुक गरे ठीक हुने भन्दै जवरजस्तीकरणी गरेको भन्दै प्रहरीमा जाहेरीमा दियकी थिन। पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले बतायको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us