
काठमाण्डु,२० मंसिर– पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारा गाउँमा विवाहमा भोज खाएपछि ८० जनाभन्दा बढी बिरामी भएका छन ।
चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना भन्दा बढी बिरामी परेका हुन् । १७ मंसिरमा चिर्तुङधारास्थित एक विवाहमा भोज खाएकाहरु बिरामी परेको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिअहेव अधिकृत नोदप्रसाद बस्यालले जाखनकारी दिएका छन ।
बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि २२ जना बिरामीको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भएको वडाध्यक्ष शेरबहादुर रानाले बताए ।
वडाध्यक्ष रानाका अनुसार विवाह भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेका हुन् । प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती गएका उनीहरू बिरामी भएका थिए ।
कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने बताएका छन ।