सर्लाहीबाट अवैध गाँजासहित २ जना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १९ गते १३:५६ मा प्रकाशित

काठमाण्डु,१९ मंसिर– प्रहरीले सर्लाहीबाट अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जना रहेका छन मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध गाँजासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us