समानुपातिकतर्फ हालसम्म एक करोड ४२ हजार ९ सय ३२ मतगणना

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते १६:५२ मा प्रकाशित

काठमाण्डु,१४ मंसिर– प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना सम्पन भएको छ। निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए ।

प्रारम्भिक विवरणमा ६१ प्रतिशत अर्थात ९ एक करोड नौ लाख ७३ हजार २७० मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको छ ।

हालसम्म सम्पन भएको मतगणनामा नेकपा एमालेले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार एक सय ७१ मतसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल ९माओवादी केन्द्र)ले ११ लाख ४५ हजार चार सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७१ हजार एक सय ७५, जनता समाजवादी पार्टी नेपालले तीन लाख ९६ हजार आठ सय ३९ र जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ मत प्राप्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us