
जनकपुर, ११ मंसिर– मधेस प्रदेशमा भोलि (सोमबार) सार्वजनिक बिदा दिइएको छ ।
विवाह पञ्चमी महोत्सवका अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विवाह महोत्सवमा अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
विज्ञप्तिमार्फत राउतले मेलामा सहभागी हुन जनकपुर आएका श्रद्धालु भक्तजनलाई शुभकामना दिएका छन् । राउतले त्रेता युगमा राजा जनकपुत्री सीताको अयोध्याका राजकुमार रामसँग विवाह भएको स्मरणमा मिथिलामा हरेक वर्ष साताव्यापी रुपमा विवाह महोत्सव मनाउने गरिएको उल्लेख गरेका छन् ।