
काठमाण्डू, २७ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको तर्क गरेकी छन । पूर्व राष्ट्रपति भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको बताएकी हुन ।
सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीको क्रममा पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले वाम एकताको सम्भावनाका साथै सक्रिय राजनीतिमा आउने सम्भावना र अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भाबी नेतृत्वबारे चलाइएका चर्चाबारे दिएको अभिव्यक्तिसँग सम्बन्धित जिज्ञासा समेत मेटाउने प्रयास गरेकी हुन ।
कुराकानीको क्रममा उनले आफू देश दौडामा निस्किँदा एमालेलाई सोध्नु नपर्ने समेत अभिव्यक्ति समेत दिएकी थिइन ।