
काठमाण्डू, २७ जेठ– प्रहरीले अवैध लागुऔषध गाजा कसुरमा कैद सजाय तोकिएका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ का ४४ वर्षीय श्याम कुस्ले रहेको प्रहरीले जनाएको छ ।
काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई २५ जेठमा भक्तपुरबाट पक्राउ गरीएको प्रहरीले जनाकारी दिएको छ । गाजाको कसुरमा उनलाई काठमाण्डू जिल्ला अदालतले १९ मंसिर २०८० मा २ हजार जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका उनलाई अदालत उपस्थित गराएर फैसला कार्यान्वयनका लागि कारागार पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।