
काठमाण्डू, २७ जेठ– प्रहरीले वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई दुवै जनालाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीरुलाई नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिए ।
उनीहरुले युके पठाउने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ परकोहरुलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।