
एजेन्सी ,११ मंसिर- चीनमा कोरोना संक्रमितको संख्या बढेको छ। चीनको स्वास्थ्य आयोगले लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जनाएको छ । राजधानी बेइजिङ र चोङकिङ र ग्वाङ्झाउ जस्ता ठूला सहरहरूमा थुप्रै संक्रमित भेटिएका छन् ।
बेइजिङमा शनिबार ४ हजार ३०७ केसहरू देखिएका छन। चोङकिङमा शनिबार ८ हजार ८ सय ६१ र शुक्रबार ७ हजार ७२१ जनामा कोरोना संक्रमण देखिएको भने ग्वान्झाउमा शनिबार ७ हजार ४१२ र शुक्रबार ७ हजार ४१९ जनामा संक्रमण देखिएको छ ।