एमाओवादीसहितको मोर्चा आज गठन हुने

काठमाण्डु टुडे २०७१ असार २८ गते ३:४८ मा प्रकाशित

काठमाण्डु, २८ असार –संविधानसभामा प्रतिनिधीत्व गर्ने र बाहिर रहेका साना दलहरुले आज मोर्चा गठन गर्ने भएका छन् । एकीकृत माओवादी, संघियत समाजबादी र मधेशबादी दलहरुले पहिचानका आधारमा संघियता निर्माण गर्न भन्दै मोर्चा घोषणा गरेको ३ दिन भित्रै फेरि साना दलहरुले पनि उही उद्देश्य राखेर मोर्चा घोषणा गर्न लागेका हुन् ।
त्यसकालागि दिउसो १ साल्ट ट्रेडिङ अगाडि कालिमाटी बेंक्वेटमा कार्यक्रमको आयोजना गरिएको खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष तथा सभासद् रामकुमार राईले जानकारी दिनुभयो । मोर्चामा खुम्बुवान राष्ट्रिय मोर्चा सहित आदिवासी जनजाति पार्टी, थरुहट तराई पार्टी नेपाल, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, संघिय लोकतान्त्रिक राष्ट्रिय–संघिय लिम्बुवान राज्य परिषद आवद्ध छन् ।
एकीकृत माओवादी वैठक एकीकृत नेकपा माओवादीको स्थायी समितिको वैठक आज पनि जारी छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा जारी बैठकमा नेताहरुको कार्यविभाजनका विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।

बैठकमा संविधान निर्माण, पार्टीमा देखिएको विवाद, नेता बाबुराम भट्टराई पक्षको असन्तुष्टि लगायतका विषयमा छलफल भइरहेको नेता अग्नी सापकोटाले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us