सुडानमा जातीय द्धन्द्ध, १५० जनाको मृत्यु,

काठमाण्डु टुडे २०७९ कार्तिक ५ गते ११:२९ मा प्रकाशित

एजेन्सी– सुडानको दक्षिणमा रहेको ब्लू नाइल राज्यमा भएको जातीय द्धन्द्धमा कम्तीमा १ सय ५० जनाको मृत्यु भएको छ । गत हप्ता भूमि विवादपछि प्रतिद्वन्द्वी जातीय समूहहरूबीच हिंसा भड्किएको थियो जसका कारणले त्याँह एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

हिंसा नियन्त्रण गर्न रातभर कर्फ्यू लगाइएको थियो । सुरक्षासहित स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकता दिने र द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्ने पूर्ण रूपमा कार्यात्मक विश्वसनीय सरकार बिना दिगो शान्ति सम्भव छैनु, सुडानमा संयुक्त राष्ट्र संघको एकीकृत संक्रमण सहायता मिसनले एक विज्ञप्तिमा भनेको छ । गत वर्षको सैन्य विद्रोहपछि राजनीतिक अशान्ति र हिंसा भइरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us