
एजेन्सी–भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो ।
भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका व्यक्त गरिएको छ ।विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले जनाएको छ ।