
एजेन्सी– भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई हराएका हुन् ।
कुल ९ हजार ३८५ मतमध्ये खड्गेले ७ हजार ८९७ मत पाएका छन भने थारुले १ हजार ४८८ मत पाएका थिए । खड्के पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिरको व्यक्ति हुन् ।
खड्गेले अब अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई प्रतिस्थापन गर्ने छन् । सन् २०१९ को लोकसभा चुनावमा पराजय भोगेपछि सोनियाका छोरा राहुल गान्धीले राजीनामा गरेका थिए । भारतीय राष्ट्रिय कांग्रेसले छैटौं पटक चुनावबाट नेतृत्व चयन गरेको हो ।