नेपाल समूहबाट को–को उम्मेदवार ?

काठमाण्डु टुडे २०७१ असार २६ गते ५:३६ मा प्रकाशित

काठमाण्डु, २६ असार– एमाले अध्यक्षका दाबेदार माधवकुमार नेपालले भावी नेतृत्वका लागि प्यानल घोषणा गरेको छ ।

Madhav_Kumar_Nepal2आज बिहान राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी नेपाल समूहले उम्मेदवार घोषणा गरेको छ । तर अध्यक्ष झलनाथ खनाल पक्षलाई समेत समुट्नुपर्ने भएपछि नेपाल समूहले पूरै उम्मेदवारी घोषणा गर्न सकेन । नेपाल समूहले उपाध्यक्षमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र लालबाबु पण्डितको नाम घोषणा गरेको छ ।

यस्तै नेपाल समूहले महासचिवमा सुरेन्द्र पाण्डे तथा उप–महासचिवमा रघुजी पन्तलाई अघि सारेकाे छ । उप–महासचिवमा घनश्याम भुसालकाे चर्चा  भए पनि नाम घाेषणा भएन् ।
सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र बेदुराम भुसालको नाम घोषणा भएको छ । उपाध्यक्ष,  सचिव  र उप–महासचिवमा एक–एक जनाकाे उम्मेदवारी घाेषणा हुन बाँकी छ । ती पद महाधिवेशनमा सघाउने प्रतिबद्धता जनाएका अध्यक्ष झलनाथ खनाल पक्षका लागि खाली राखिएको हाे ।

स्रोतका अनुसार खनाल उपाध्यक्षमा राजेन्द्र पाण्डे तथा सचिवमा प्रकाश ज्वाला वा परशुराम मेघी गुरुङ मध्ये एक जनालाई अघि सार्ने तयारीमा छन् ।

यस्तै ओली पक्षले उपाध्यक्षमा बामदेव गौतम र विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद साह, महासचिवमा ईश्वर पोखरेल, उप–महासचिवमा विष्णु पौडेल र शंकर पोखरेललाई अघि सारेको छ ।  सचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, रघुवीर महासेठ, पृथ्वीसुब्बा गुरुङ र केशवलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us