भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदै

काठमाण्डु टुडे २०७९ असोज ३१ गते ११:५७ मा प्रकाशित

काठमाण्डु, ३१ असोज– भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् । अध्यक्षमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ ।

कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । मतदान स्थानीय समय अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । यसको नतिजा १९ अक्टोबरमा सार्वजनिक हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us