टर्कीमा खानी विस्फोट ,४० जनाको मूत्यु

काठमाण्डु टुडे २०७९ असोज ३० गते १३:०५ मा प्रकाशित

एजोेन्सी– टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी ४० जनाको मूत्यु भएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फोटमा परी आइतबार बिहानसम्ममा कम्तीमा पनि मूत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।

टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमल सोइलुले आइतबार सो जानकारी दिए । उनका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए ।

सो दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार जारी रहेको बताइएको छ । खानीमा विस्फोट भएपछि आगा लागेको थियो । खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको तियो भने अरु केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us