एमालेमा बहुविवाह गर्नेलाई उम्मेदवार बन्न नदिन दबाब

काठमाण्डु टुडे २०७१ असार २६ गते ५:२१ मा प्रकाशित

काठमाण्डु, २६ असार– एमालेका महिला प्रतिनिधिहरुले बहुविवाह गर्ने नेतालाई जारी नवौं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्न नदिन दबाब CPN-UMLदिएका छन् ।

चार सयभन्दा बढी महिला प्रतिनिधिले हस्ताक्षर गरी बहुविवाह र घरेलु हिंसाका घटनामा संलग्नलाई उम्मेदवार बन्द नदिन लविङ थालेका हुन् । उनीहरुले अध्यक्ष मण्डल र केन्द्रीय निर्वाचन आयोगलाई त्यसबारे ध्यानाकर्षण समेत गराएका छन् ।
यस्तै बन्दसत्रको बाहिरपट्टि बहुविवाह गर्नेलाई उम्मेदवार नबनाउन माग गर्दै ब्यानर नै टाँगिएको छ । बहुविवाह गर्नेहरु रामनाथ ढकाल, गणेश  तिमिल्सिना, कर्णबहादुर थापालगायत नेता उम्मेदवार बन्दैछन् ।

दुईवटी श्रीमति ल्याएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने उम्मेदवारी दिएका छैनन् ।
उनले सभाध्यक्षको पदमा रहुञ्जेल पार्टीगत राजनीतिमा नलाग्ने बताइसकेका छन् । तर भित्रभित्रै भने उनी केपी शर्मा ओलीलाई अध्यक्षमा जिताउन लागि परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us