एमाले निर्वाचन गराउने जिम्मा नीलकण्ठ उप्रेतीलाई

काठमाण्डु टुडे २०७१ असार २५ गते १५:३६ मा प्रकाशित

काठमाण्डु, २५ असार– निर्वाचन आयोगको काम संसद र स्थानीय निकायको निर्वाचन गराउने हो ।
nilakanthaतर एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा आयोगले आफ्ना कर्मचारी खटाउने भएको छ ।

निर्वाचन गराउन आयोगबाट ११ जना निर्वाचन अधिकृत र आवश्यक गणकहरु आउने एमालेले जनाएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभागृहमा आफ्नो सचिवालयसमेत स्थापना गरेर काम थालेको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती एमाले निकट मानिन्छन् । अध्यक्षका दाबेदार माधवकुमार नेपाल पक्षले पार्टीको केन्द्रीय निर्वाचन आयोगप्रति विश्वास रहेको बताएपछि आयोगले निर्वाचन गराउने भएको हो ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओली निकट मानिन्छन् ।
यसअघि नेपाल समूहले विशवसनीयता नरहेको बताएपछि विद्युतीय भोटिङ मेशिनको साटो मतपत्रमा मतदान गर्ने निर्णय भएको थियो । निर्वाचनमा १२ मतदान केन्द्र रहनेछन् । विधान संशोधन पारित भएकाले बिहीबार बिहानबाट मनोनयन प्रक्रिया प्रारम्भ हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us