उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री यादवको निधन

काठमाण्डु टुडे २०७९ असोज २४ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २४ असोज– भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको निधन भएको छ ।

यादवको ८२ वर्षको उमेरमा सोमबार निधन भएको उनको दल समाजवादी पार्टीले जानकारी दिएको छ । यादव पछिल्लो एक सातायता हरियाणाको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचाररत थिए ।

उपचारकै क्रममा उनको मृत्यु भएको समाजवादी पार्टीले जनाएको छ । १९८९ मा पहिलोपटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनी त्यसयता लगातार तीन कार्यकाल मुख्यमन्त्री भएका थिए ।

यादव केही समय केन्द्रीय सरकारमा रक्षामन्त्रीसमेत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us