
एजेन्सी– भारतको नयाँदिल्लीस्थित एक केन्द्रीय विद्यालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
विद्यालयको शौचालयमा बालिकामाथि सोही विद्यालयमा उपल्लको कक्षामा अध्ययनरत दुई किशोरले बलात्कार गरेको दिल्ली महिला आयोगले जनाएको छ । आयोगकी अध्यक्ष स्वाती मालीवालले ट्वीटमार्फत दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गर्दै घटना अनुसन्धानका लागि भनेकी छन् ।
मालीवालले घटनाबारे पीडित बालिकाले शिक्षकलाई जानकारी गराएकामा उल्टै शिक्षकले हप्काएको उल्लेख गरेकी छन् । यसैबीच दिल्ली प्रहरीले घटना सम्बन्धमा एफआईआर दर्ता गरेको छ ।