महोत्तरी, २५ असार – झुठो विवरण पेस गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार राज्यको मधुवनी जिल्लाको मधवापुर थानाअन्तर्गत रामपुर बस्ने राजाराम ठाकुर रहेका छन् । ठाकुरले महोत्तरीको बथनाहा– ४ बस्ने मामा दशरथ ठाकुरलाई बुबा बनाई २०४४ फागुन २५ गते टोलीमा १६१७१७१७ नम्बरको वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
ठाकुर आफ्नै बाबु रामप्रित ठाकुरसँगै महोत्तरीकै पर्सा पतैली– ३ मा घर बनाई बसोबास गर्दै आएका छन् ।
पर्सा पतैली– १ बस्ने सुजीतकुमार चौधरीले २०७० मङ्सिर २८ गते जिल्ला प्रशासन कार्यालयमा दिएको जाहेरीका आधारमा ठाकुरलाई पक्राउ गरी नागरिकतासम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस