सुनसरी, २५ असार – विश्वकप फुटबलमा ब्राजिलले हार्दा किशोरीले आत्महत्या गरेकी छन् ।
बुधबार भएको सेमिफाइनल खेलमा ब्राजिल जर्मनीसँग पराजित भएपछि सुनसरी भरौल ९ की १५ वर्षीया किशोरी प्रज्ञा थापाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
ब्राजिलको समर्थन गर्दै आएकी प्रज्ञाले ब्राजिलले जर्मनीसँग लज्जास्पद हार व्यहोरेपछि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरद थापाले जानकारी दिए ।
जर्मनीसँग ब्राजिल हारेपछि निकै अत्तालिएकी प्रज्ञालाई अरुले जिस्क्याएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । गाउँमा गएर खेलको विषयमा कुरा गर्दा उनलाई जिस्क्याएपछि पढ्न भनेर कोठामा छिरेको त्यहीँ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रज्ञाका बुबा वैदेशिक रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ । विहान घरमा हजुरबुबा र हजुरआमा मात्रै घरमा भएको बेला प्रज्ञाले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।