भारतले बनायो प्रचण्ड नामको लडाकु हेलिकोप्टर

काठमाण्डु टुडे २०७९ असोज १८ गते ८:२४ मा प्रकाशित

एजेन्सी– भारतले आफ्नै देशमा पहिलोपटक लडाकु हेलिकोप्टर निर्माण गरेको छ ।

उक्त हेलिकोप्टरलाई भारतीय वायु सेनाले प्रयोग गर्ने छ । दुई वटा इन्जिन भएको उक्त हेलिकोप्टरको नाम प्रचण्ड राखिएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले हेलिकोप्टरको भिडियो ट्वीटरमा शेयर गर्दै त्यसको नाम प्रचण्ड रहेको बताए ।

सोमबार जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’ मा उक्त हेलिकोप्टरलाई सामेल गरिएको बीबीसीले जनाएको छ ।

भारतीय वायु सेनाका अध्यक्ष विवेकराम चौधरीले उक्त हेलिकोप्टर लडाकु हेलिकोप्टरको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा पाइने अन्य हेलिकोप्टर सरह रहेको दाबी गरे । उक्त हेलिकोप्टरको निर्माण हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल) ले गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us