
एजेन्सी– १६ असोज– इन्डोनेसियामा फुटबल खेल हेर्ने आएका दर्शकहरुका बीचमा भएको हिंसामा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ ।
समाचार संस्था एएफपीले जनाएअनुसार इन्डोनेसियाली खेलका क्रममा भएको हिंसामा उक्त संख्यामा मानिस मारिएका हुन् । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आइतबार फुटबल खेल चलिरहेका बेला भीडमा भागदौड मच्चिएपछि उक्त घटना भएको हो ।
घटनामा १ सय ८० जना घाइते छन् । खेलमा हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए ।