भरतमोहनले त्यागे सक्रिय राजनीति

काठमाण्डु टुडे २०७१ असार २५ गते ८:३२ मा प्रकाशित

काठमाण्डु, २५ असार – एमाले नेता भरतमोहन अधिकारीले पार्टीको कार्यकारी नेतृत्वमा नरहने घोषणा गरेका छन् ।

bharatmohan adhikariकाठमाण्डुमा जारी एमाले नवौं महाधिवेशनमा अधिकारीलेसक्रिय राजनीतिबाट बिदा लिएको बुधबार घोषणा गरेका हुन् । एमालेको संशोधित विधानअनुसार पार्टीको कार्यकारी पदमा ७० वर्ष पुगेपछि बिदा लिनुपर्दछ ।

अधिकारी तीन पटक अर्थमन्त्री, श्रम तथा यातायात र न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री भइसकेका छन् । मोरङ क्षेत्र नं. २ बाट तीन पटक प्रतिनिधिसभा सदस्य भएका अधिकारी हाल संविधानसभामा समानुपातिक सदस्य छन् ।

अधिकारी २०४७ सालको संविधान निर्माण सुझाव आयोगका सदस्य थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us