दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिसन

काठमाण्डु टुडे २०७९ असोज ११ गते १२:२५ मा प्रकाशित

एजेन्सी– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत  क्षेत्रको भ्रमण गर्ने भएकी छिन् ।  हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ । 

यो कदमले उत्तर कोरिया थप क्रुद्ध हुने अनुमान गरिएको छ । 

ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा निशस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई ‘अन्तर्राष्ट्रिय शान्तिको सबैभन्दा खराब विनाशक’ भनी प्योङयाङले निन्दा गरेको थियो ।
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us