प्रेस स्वतन्त्रतामा कुनै अंकुश लाग्दैन : उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०७१ असार २४ गते ७:२४ मा प्रकाशित

काठमाण्डु, २४ असार – उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने कुनै ऐन तथा विधेयक नल्याउने स्पष्ट पारेका छन् ।

Prakash-Man-Singhनेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाद्वारा मङगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको सुन्दरता नै प्रेस स्वतन्त्रतामा रहेकाले सरकार त्यसतर्फ सचेत रहेको भन्दै सञ्चारकर्मी ढुक्क हुन आग्रह गरेका छन् ।

अघिल्लो संविधानसभाले संविधान निर्माणका लागि तयार गरेका महत्वपूर्ण दस्तावेजलाई अहिलेको संविधानसभाले अपनत्व ग्रहण गर्दै नयाँ संविधान लेखनको कार्य सुरु गरेको जानकारी दिए ।

एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्नु नै वर्तमान सरकारको प्रमुख काम भएको बताएका छन् ।

उपप्रधानमन्त्री सिंहले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २४० वटै निर्वाचन क्षेत्रमा पाँच करोड विनियोजनका लागि सांसदहरुले माग गरिरहनुभएको छ, यस विषयलाई नेकाले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

उनले भने , “विसं २०४८ मा नेकाको सरकारले ग्रामीण स्वावलम्बन कार्यक्रम सुरु गरी विकासको केन्द्रविन्दु गाउँलाई बनाउन सुरु गरेको हो, वर्तमान सरकारले पनि ग्रामीण पूर्वाधार विकासमा पहिलो प्राथमिता दिन्छ ।”

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरित हुने गरी कुनै ऐन तथा विधेयक नल्याउने स्पष्ट पारे ।

नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रिया पूरा गर्न नेपाली सञ्चारमाध्यमले खेलेको भूमिका अहम् रहेको उनले चर्चा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us