काठमाण्डु, २४ असार- हिन्दू धर्मावलम्बीहरूले तुलसीको मठमा पूजा अर्चना गरी आज हरिशयनी एकादशी पर्व मनाउँदैछन् ।
भगवान् विष्णु आजदेखि चार महिनासम्म समुद्रमा बस्ने विश्वास गरिन्छ । यो चार महिनाको अवधिलाई चतुरमास भन्ने चलन छ ।
यो अवधिमा शुभकार्य आरम्भ नगर्ने चलन छ । यो अवधिमा बाढी, पहिरोजस्ता प्रकृतिक प्रकोप तथा रोगव्याधी आक्रमण गर्ने भएकाले हिन्दू धर्मावलम्बीहरू तुलसी रोपी विष्णुको पूजा अर्चना तथा पाठ गर्छन् ।