काठमाण्डु, २३ असार – नेकपा एमाले यूवा नेता राजेन्द्र राईले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै केपी ओली पक्षीय नेताहरु अनसन बस्न लागेको घटनाले ओली पक्षले हार स्विकार गरिसकेको दावी गरेका छन् ।
राजधानीमा आयोजित एक साक्षात्कारमा उनले मैदानमा छिरेको मान्छेले सके नेपाललाई हराएर देखाउनुस् भन्दै चुनौती दिएका छन् ।
माधवकुमार नेपालले पार्टीमा अहिलेसम्म खेलेको भूमिकाको कारण पनि पल्ला भारी भएको भन्दै युग हाँक्ने सक्ने नेता भएको ठोकुवा गरे ।
उनले क्षमता प्रर्दशन गर्न नसकेकै कारण पार्टीमा अरु नेताहरु अहिलेसम्म अध्यक्ष बन्न नसकेको र क्षमता भएकाले मात्रै नेतृत्व गरेको दावी गर्दै अहिले पनि माधव नेपालले बहुमतले अध्यक्षमा जित्ने दावी गरे ।
अर्का यूवा नेता डा. दिपक भट्टले आठौ महाधिवेशनमा समेत माधवकुमार नेपालको पुरक प्रस्तावलाई पार्टीले स्विकार गरेको उल्लेख गर्दै अहिलेको विचार उनकै भएकोले नेतृत्व पनि पाउनु पर्ने दावी गरे ।
पार्टीभित्रको चार पुस्ताको समर्थन माधवकुमार नेपाललाइ भएको दावी गर्दैे भन्दै उहाँको नेतृत्वको विकल्प नभएको बताए ।
केपी ओली समूहले पार्टीलाई प्राईभेट कम्पनी बनाउन खोजेको भन्दै पार्टी कब्जा गर्न अपवित्र गठबन्धन निर्माण गरेकोले यस्तो अवस्था कायम रहे एमाले टिक्न नसक्ने ठोकुवा गरे ।
भट्टले माधवकुमार नेपालले २४५ मतले चुनाव जित्ने दावी गर्दै सेना समायोजनमा पार्टीको तर्फबाट आफूले भूमिका निर्वाह गरिसकेकोले थप भूमिका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा पनि गरे ।