बिहान आठै बजेदेखि राहदानी वितरण

काठमाण्डु टुडे २०७१ असार २२ गते ५:१८ मा प्रकाशित

काठमाण्डु, २२ असार– राहदानी लिन हैरानी खेप्दै आएका सर्वसाधारणका लागि अब भने केही सहजता हुने भएको छ ।
mrp
सरकारले राहदानी वितरण प्रक्रियालाई सहज तुल्याउन बिहान ८ बजेदेखि नै काम थाल्ने भउको छ ।     सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि आइतबारबाट कार्यालय समयभन्दा दुई घण्टाअघिदेखि नै राहदानी वितरण थालिएको हो ।  राहदानी वितरण सहज बनाउन राहदानी विभागले छवटा काउन्टरबाट राहदानी वितरण थालेको छ ।
विभागमा आइतबार आयोजित एक कार्यक्रका बीच परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राहदानी वितरणको शुभारम्भ गरे । उनले जनतालाई सुविधा दिन सरकार क्रियाशील रहेको र निकट भविष्यमा आवेदन फाराम दर्ता गर्ने प्रक्रिया अझ सरल तुल्याइने जानकारी दिए ।
आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि प्रत्यक्ष दर्ता प्रणालीको व्यवस्था गरिएकाले राहदानी लिन चाहने सर्वसाधारणलाई समस्या नहुने उनले बताए । उनले सेवाग्राहीसँग मर्यादित भएर व्यवहार गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

निमित्त परराष्ट्र सचिव शङ्करदास वैरागीले आम जनतालाई सरल र सहज ढङ्गले राहदानी उपलब्ध गराउन मन्त्रालय क्रियाशील रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us