भारतमा पुरिएर चार नेपाली मजदुरको मृत्यु

काठमाण्डु टुडे २०७१ असार २१ गते ११:५७ मा प्रकाशित

जाजरकोट, २१ असार– भारतको हिमाञ्चल प्रदेश किनोर जिल्लाको भावानगरस्थित पान्नीखोलामा पर्खाल भत्किँदा ४ नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ ।

विद्युत गृह निर्माणमा खटिएका उनीहरु माथिल्लो भागको पर्खाल भत्किएर पुरिएका हुन् । मृत्यु हुनेमा जाजरकोट डाँडागाउँ–३, चिउरीका २२ वर्षीय पृथ्वी चनारा, १७ वर्षीय कवीराज चनारा, १९ वर्षीय मानराज चनारा र १८ वर्षीय ज्वाला चनारा छन् ।

मृतक सबै एकै गाउका दाजुभाई हुन् । पावर हाउसको जग पुर्ने काम गरिरहेका बेला एक्कासि भत्किएको पर्खालमा पुरिएर उनीहरुको मृत्यु भएको बताइएको छ ।

उनीहरु गत जेठ महिनादेखि भारतको आस्था कम्पनीमार्फत पावर हाउस बनाउने काममा खटिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us