बुटवल, २१ असार– बुटवलको दीपनगरमा ७१ वर्षीया वृद्धा नातिसरहको युवाबाट बलात्कृत भएकी छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले पाल्पा रामपुर–४ का ३३ वर्षीय कुलबहादुर परियारले वृद्धालाई बलात्कार गरेको जनाएको छ ।
प्रहरीका अनुसार रिक्सा मजदुर परियारले वृद्धाको दुवै हात बाँधेर बलात्कार गरेका थिए ।
परियारको प्रतिकार गरी बलत्कारबाट बच्न खोज्दा वृद्धाको दाहिने हात भाँचिनुका साथै शरीरभरि चोटपटक लागेको छ । पीडित वृद्धालाई महिला पुर्नस्थापना केन्द्र ओरेकको संरक्षणमा राखिएको छ ।
१० वर्षअघि श्रीमानको सिनधन भएपछि बेसहारा भएकी उनी दीपनगर क्षेत्रमा दिनभर सकेको काम गर्ने र राति मन्दिरमा बस्ने गर्थिन् । प्रहरीले अभियुक्त परियारविरुद्ध जिल्ला अदालत रुपन्देहीमा जवरजस्ती करणीको मुद्धा दायर गरी अनुसन्धान थालिएको बताएको छ ।