माओवादीमा वैद्य र चन्दको प्रस्तावमा छलफल जारी

काठमाण्डु टुडे २०७१ असार २१ गते ४:३५ मा प्रकाशित

काठमाण्डु, २१ असार– नेकपा– माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा आज पनि अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको छुट्टाछुट्टै प्रतिवेदनमाथि आज पनि mohan baidhya-netra bikram chandसदस्यहरुको धारणा राख्ने क्रम जारी छ ।
बिहान ११ बजेयता कुपण्डोलस्थित नेवा: राज्य समितिको कार्यालयमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले धारणा राख्ने काम भइरहेकाे केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिए ।
अध्यक्ष वैद्यले प्रंस्ताव गरेको राष्ट्रिय सम्मेलनमा पेस गर्न तयार पारेको प्रतिवेदनमा सचिव चन्दले फरक मतसहितको प्रतिवेदन ल्याएपछि माओवादीमा आगामी कार्यदिशाबारे विवाद देखिएको हो ।

अध्यक्ष वैद्यले जनयुद्धको जगमा जनविद्रोहको प्रस्ताव राखेपछि त्यसमा असहमति जनाउँदै सचिव चन्दले जनयुद्धको निरन्तरतामा जनविद्रोहको प्रस्ताव पेस गरेका थिए । उनले पार्टी संगठनलाई क्रमश: भूमिगत बनाउँदै लानुपर्ने तम अघि सारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us