एमाले महाधिवेशनमा विधान र संगठनात्मक प्रस्ताव पेस

काठमाण्डु टुडे २०७१ असार २१ गते २:०३ मा प्रकाशित

 काठमाण्डु, २१ असार– नेकपा एमालेको राजधानीमा जारी १९ औं महाधिवेशनको बन्दसत्रमा आज दुई छुट्टाछुट्टै प्रतिवेदन पेस भएको छ ।
Uml-new-logoभृकुटी मण्डपमा शिनबार भएकाे बन्दसत्रमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक, सचिव युवराज ज्ञवालीले विधान संशोधन  र अम्रतकुमार बाेहराले अनुशासन अायाेगकाे प्रतिवेदन पेश गरेका हुन् ।

यसअघि अध्यक्ष झलनाथ खनालले शुक्रबार १ सय २४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्षसहित तीनै नेताले प्रतिवेदन बाचन गरेपछि समूहगत छलफल सुरु हुने प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिए । उनका अनुसार अध्यक्षको प्रतिवेदनमाथिको छलफल सकिएपछि विधानर संगठनात्मक प्रस्तावमा छलफल हुनेछ ।

नेतृत्वको विषयलाई लिएर प्रतिनिधि दुई गुटमा बाँडिएपछि महाधिवेशन मर्यादित बनाउने भन्दै एमालेले शुक्रबार १६ बुँदे आचारसंहिता जारी गरेको थियो । प्रतिवेदनमाथिको छलफल सकिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्ष खनाल सर्वसम्मत भए दोश्रो कार्यकालका लागि पनि नेतृत्व लिन अग्रसर देखिएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us