काठमाण्डु, २३ साउन– बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै नायव सुब्बा तल्लो तहका कर्मचारी आन्दोलित छन् ।
आन्दोलनको कार्यक्रम अनुसार नासु कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताएका छन ।
आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले भोलि देशभरीका नासु बिदामा बस्ने निर्णय भएको भट्टराईले बताए ।
उनले भने ‘थप आन्दोलनका थप कार्यक्रम हामी भोलि तय गर्छौं ।’ । उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग राखेका छन ।