काठमाण्डु, २० असार– नेकपा एमालेको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग भएको छ ।
नवौं महाधिवेशनअन्तर्गत काठमाण्डुको भृकुटी मण्डपमा शुक्रबार सुरु भएको बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटीको कार्यकाल सकिएको भन्दै विघटनको घोषणा गरे ।
उनका अनुसार महाधिवेशनले नयाँ नेतृत्व चयन नगरेसम्म मौजुदा केन्द्रीय कमिटी नै सक्रिय हुनेछ । अध्यक्ष खनालले केन्द्रीय कमिटी सदस्य, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने प्रस्ताव पेस गरेका छन् ।