पूर्वराजाको जन्मोत्सव भब्य रुपमा मनाइने

काठमाण्डु टुडे २०७१ असार २० गते ११:४१ मा प्रकाशित

काठमाण्डु, असार २० – पूर्वराजा ज्ञानेन्द्र शाहको ६८ औं जन्मोत्सवको सम्पूर्ण तयारी पुरा भएको शुभजन्मोत्सव नागरिक मूल समारोह समितिले जनाएको छ ।

Gyanendraशुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले पूर्वराजा शाहको आगामी असार २३ हुने जन्मोत्सवको साताव्यापी विभिन्न कार्यक्रमहरुको तयारी गरिसकेको जनाउँदै जन्मोत्सव भव्य रुपमा मनाउने पनि बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नागरिक मूल समारोह समितिका अध्यक्ष नवराज गुरुङ्ले सम्पूर्ण नेपालीहरुको श्रदा र आस्थाको केन्द्र, राष्ट्रिय एकताको प्रतिक र प्रजातन्त्रका संरक्षक सहयात्री भएकोले पनि उहाँको शुभ जन्मोत्सवका लागि हार्दिक शुभकामना दिएका छन् उनले भने–मौसुफ सरकारका सश्रद्धा मंगलमय शुभकामना टक्रयाउन पनि सवै नेपालीको कर्तब्य हो ।

कार्यक्रममा मूल समारोह समितिका महासचिव राधेश्याम थापाले अधिराज्यभरि नै पूर्व राजाको जन्मोत्सव मनाउने कार्यक्रम रहेको उल्लेख गर्दै जन्मदिनको पूर्वसन्ध्यामा विभिन्न ठाउँमा दीपावली गर्ने, असार २३ गते सोमबार विहान साढे ९ बजे निर्मल निवासमा पञ्चकन्यासहित माल्यार्पण , भगवानको प्रसाद, अभिनन्दन पत्र र धार्मिक प्रसादसहित शुभकामना दिने कार्यक्रम रहेको पनि जानकारी दिए । उनले निर्मल निवासमा भने २३ गते बिहान ११ बजे नै सर्वसाधारणका लागि ढोका खोलिने पनि बताए ।

शुभजन्मोत्सवको अवसर पारेर समितिले विभिन्न अनाथालयमा भोजन तथा लत्ताकपडा पनि वितरण गर्ने कार्यक्रम रहेको बताएको छ । यस सँगसँगै समितिले स्मारिका पनि प्रकाशित विमोचन गर्ने बताएको छ । स्मारिकामा भने भारतीय जनता पार्टीका नेताको, विश्व हिन्दु महासंघको लगायतको शुभकामना समेत समेटिएको अस्मिता भण्डारीले जानकारी दिइन् ।

तराईका विभिन्न जिल्लाहरुमा भने किशोरी महतोको नेतृत्वले जन्मोत्सवको भव्य तयारी गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us