एकै जातको धान लगाउँदा उब्जनी भन्दा खर्च दोब्बर

काठमाण्डु टुडे २०७१ असार २० गते ९:५५ मा प्रकाशित

डोल्पा, २० असार – त्रिपुराकोट गाबिस का कृषकहरुले बिगत चालीस बर्षअघि देखि एउटै जातको धान लगाउँदा आम्दानी भन्दा खर्च दोब्बर हुने गरेको स्थानियले बताएका छन् ।
भौगोलिक रुपमा विकट भएकाले परम्परागत खेती प्रणाली अपनाउनाले पनि खर्च भन्दा उब्जनी कमहुने स्थानिय कृषक रुपबहादुर खत्रीले जानकारी दिए । आफूहरुले गरेको खेतीले ६ महिनासम्म पनि खान नपुग्ने भन्दै दुखेसो व्यक्त गरे ।

दुई मुरीको खेतमा धान रोप्नको लागि कामदारहरुलाई दिने पारीश्रमिक खर्चमात्रै असीहजार भन्दा धेरै हुनेभएकाले यहाँ उब्जनीे भन्दा खर्च दोब्बर धेरै हुने स्थानिय दुर्गा न्यौपानेले बताए ।

जिल्लामा कृषि उत्पादकत्व लाई बृद्वि गर्न कृषि कार्यालयहरुमा हाइब्रिड जातका बिउबिजनहरु बर्षेनि आउने भएतापनि सामान्य गरीब कृषकहरुले नपाई हुनेखाने ठुलाबडा पँहुचवाला नेताहरुलेमात्र पाउने भएकाले आफूहरुले पुरानो कालीमार्सी धान लगाउँदै आएकोे बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us