हेलिकाेप्टर आकस्मिक अवतरण

काठमाण्डु टुडे २०७१ असार २० गते ६:१८ मा प्रकाशित

दमौली , २० असार – सिम्रिक एयरको ९ एनएजेजेड हेलिकाेप्टर खराब मौसमका कारण आज बिहान तनहुँको भानु गाविस–१ भन्सार नजिकै आकस्मिक अवतरण गरिएको छ ।

काठमाण्डुबाट सुर्खेत हुँदै हुम्ला जाने क्रममा खराब मौसमका कारण उक्त ठाउँमा हेलिकाेप्टर अवतरण गरिएको पाइलट विवेक खड्काले जानकारी दिए ।

सो हेलिकाेप्टरमा दुई जना अमेरिकी, एक जना चिनियाँ, एक नेपाली गाइड र चालकसहित पाँच जना रहेको सशस्त्र प्रहरी बल मनकामना गण भानु तनहुँले जनाएको छ ।

काठमाण्डुबाट उडेको हेलिकाेप्टर आधा घण्टापछि सो ठाउँमा अवतरण गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us