‘देश हल्लिए हामी थामौंला, तपाईंहरू मिल्नुस्: नेम्वाङ

काठमाण्डु टुडे २०७१ असार १९ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, १९ असार– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभामा रहेर र बाहिर रहेका दललाई संविधान निर्माणको प्रक्रृयामा सहमतिमा ल्याउन सक्ने गरी subash nembangएमालेको महाधिवेशन सम्पन्न होस् भन्ने कामना गरेका छन् ।

एमाले नवौं महाधिवशेनको सफलताको कामना गर्दै उनले आफ्ना सभासद्लाई संविधान निर्माणका काममा महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देश गर्न पनि पार्टीलाई आग्रह गरे ।  उनले एमालेले आफ्नो वैचारिक प्रतिवेदन सहमतिका आधारमा प्रस्तुत भएकाले नेतृत्व चयनमा पनि सहमति गर्न सुझाव दिए ।

एमालेका शीर्ष नेताहरू मिलेमा देश हल्लन्छ भन्ने अध्यक्ष झलनाथ खनालको भनाइलाई सम्झादै नेम्वाङले भने ‘देश हल्लिए हल्लियोस् हामी थामाौला तर तपाईाहरू मिल्नुहोस्  ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us