नुवाकोट, १९ असार– प्रधानसेनापति गौरवशम्शेर राणाले रसुवाको धुन्चेदेखि नुवाकोटको विदुरसम्म साइकलयात्रा गरेका छन् ।

पर्यटन प्रवद्र्धन र वातावरण सुधारका लागि साइकल यात्राको सन्देश दिन प्रधानसेनापतिले उक्त यात्रा गरेका हुन् । साइकलयात्रामा निस्कने क्रममा प्रधानसेनापतिले धुन्चेमा रहेको नारायण दल गण तथा राम्चे र कालिकास्थानमा रहेको सेनाको पोस्टसमेत निरीक्षण गरेका थिए ।
राणाले रसुवा सदरमुकाम धुन्चेदेखि नुवाकोट सदरमुकाममा रहेको सैन्य तालिम केन्द्र (मैथली बयारेक) सम्मको ५० किलोमिटर दूरी साइकलबाट पार गरेका हुन् । प्रधानसेनापति राणाले विदुरमा रहेको सैन्य तालिम केन्द्रको समेत निरीक्षण गरे । हेलिकप्टरबाट धुन्चे पुगेका प्रधानसेनापति राणा बिहीबारै काठमाण्डु फर्किएका छन् ।