झडपकाबीच सुरु भएको महाधिवेशन एकताको हुने एमाले नेताहरुको दाबी

काठमाण्डु टुडे २०७१ असार १९ गते १५:०७ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन बिहिबारबाट राजधानीमा सुरु भएको छ ।
CPN-UMLकाठमाण्डुको भृकुटी मण्डपमा आयोजित विशेष समारोहमा अध्यक्ष झलनाथ खनालले रोबोटको मद्धतले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक उदघाटन गरे ।

सम्मेलन स्थलमा झडप र आक्रमण–प्रत्याक्रमणका घटना भए पनि कार्यक्रममा अध्यक्ष झलनाथ खनालसहित शीर्ष नेताले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताए । अध्यक्ष खनालले महाधिवेशनलाई एकता, अग्रगति र प्रगतिको महाधिवेशन बनाउने उदघोष गरे ।

वैचारिक रुपमा सबै एक ठाउँ रहेको भन्दै उनले महाधिवेशनले महाधिवेशनले नेतृत्व पनि सहमतिमै चयन गर्ने जिकिर गरे । एमालेले आफूलाई परिवर्तनको नायकका रुपमा स्थापित गर्ने घोषणा पनि गरे ।
अध्यक्षका प्रतयसीसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धा हुँदैमा कोही पनि आत्तिन नहुने उल्लेख गरे । स्वच्छ प्रतिस्पर्धाले पार्टीलाई हानी नपुग्ने उनको भनाइ थियो ।

  ‘स्वच्छ प्रतिस्पर्धाले पार्टीलाई घाटा गर्दैन’, नेपालले भने, महाधिवशेनले सबै नेताको व्यवस्थापन गर्छ ।’ उनले एमालेलाई नेपाली राजनीतिको मियो र कम्युनिष्ट आन्दोलनको मूलधार बनाउन एकताको विकल्प नरहेको प्रष्ट्याए ।
अध्यक्षका अर्का प्रत्यासी संसदीय दलका नेता केपी शर्मा ओलीले आफू सहमतिको विपक्षमा नरहेको बताए । उनले छलफल हुँदैमा सहमतिको सम्भावना सकिएको नठान्न आग्रह गरे । ओलीले पार्टीभित्र र बाहिरसमेत एमाले महाधिवेशनले एकताको सन्देश दिने दाबी गरे ।

उपाध्यक्ष बामदेव गौतमले पनि एमाले महाधिवशेनले एकताको सन्देश दिने बताए । उनले प्रतिस्पर्धाका नाममा जे पनि गर्न नहुने उल्लेख गरे । पार्टी एकताबद्ध भएर अघि बढ्न सके आगामी निर्वाचनमा बहुमत आउने जिकिर उनको थियो ।

कार्यबाहक प्रधानमन्त्रीेसमेत रहेका गौतमले देश र जनताविरुद्ध ठूलो षड्यन्त्र हुने देखेर एमाले काँग्रेस नेतृत्वको सरकारमा सामेल भएको खुलासा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us