काठमाण्डु, १९ असार – नेपाली काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले मध्यमार्गी धारको नेतृत्व एमालेले गर्ने बताएका छन् ।
एमाले नवौं महाधिवेशन उद्घाटन समारोहलाई संवोधन गर्दै पौडेलले अहिले पनि उग्रपन्थको संभावना रहेकाले एमालेले मध्यमार्गी धारको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।
उनले काँग्रेस र एमालेमा प्रतिष्पर्धा रहेको तर विकास र निकासका लागि दुई पार्टीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
उनले दलहरुबीच वैचारिक द्वन्द्व गर्ने बेला सकिएको र यसलाई बढाउदै लाने हो भने मुलुक द्वन्द्वमा फस्ने शंका व्यक्त गरेका छन् ।
सबैको सोच, ध्यान र प्रयत्न राज्यको सामान्ती चरित्रलाई रुपान्तरण गरेर नयाँ संविधान निर्माणमा जुट्नुपर्नेमा उनले जोड दिए ।
साथै आ –आफ्नो राजनीतिक आग्रहलाई अन्त्य गर्दै संघीयतालाई अतिरञ्जित नगर्न पनि उनले आग्रह गरेका छन् ।