वामपन्थीहरु पार्टी फुटाउन माहिर छन् : गजुरेल

काठमाण्डु टुडे २०७१ असार १९ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले ६० प्रतिशत कम्युनिष्ट बाहुल्यता रहेको देशमा वामपन्थीहरु पार्टी फुटाउन माहिर रहेको बताएका छन् ।

CP-Gajurelएमाले नवौ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै वामपन्थीहरु फुटको सिकार भएको स्वीकारेका हुन् । पार्टी प्रतिनिधीको रुपमा समारोहमा संवोधन गर्दै एमाले जुन मार्गदर्शक सिद्धान्त बोकेर आएको थियो , उसले ती सबै छोडिसकेको पुष्टि भएको जिकीर गरेका छन् ।

संसदीय व्यवस्थालाई आदर्श मान्ने पार्टीलाई कम्युनिष्ट भन्न नसकिने बताएका छन् । साम्यवादलाई अंगालेर आफ्नो स्थापनाकालको मार्गदर्शन सम्झिदैं सच्चा कम्युनिष्ट बनेर देखाउन आग्रह गरेका छन् । माक्र्सवाद, लेलिनवाद, माओवादलाई छोडेर विचलित नहुन सुझाव दिएका छन् ।

साथै वामपन्थीहरु बीच बढेको दुरीलाई कम गर्न पनि आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us