महोत्तरी, १९ असार– महोत्तरीको बर्दिबासमा आफ्नै छिमेककी एक किरोशी बलात्कार गरी फरार भएका युवकलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास गाविस–५ का ३२ वर्षीय दिनेश सोनार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
दिनेश २०६८ जेठ ५ मा छिमेकी किशोरीलाई बलात्कार गरी फरार थिए । उनलाई बर्दिबास बजारबाट बुधबार पक्राउ गरिएको प्रहरी निरीक्षक अशोक झाले बताए । पीडित परिवारले घटना भएकै दिन प्रहरीमा उजुरी दिए पनि उनी फरार थिए । सोनारलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।