काठमाण्डु, १८ असार– भारतीय विदेशमन्त्री शुष्मा स्वँराज आगामी ९ साउनमा तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आउने भएकी छन् ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै स्वँराज नेपाल आउन लागेको जानकारी दिएको हो । विज्ञप्तिमा पराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको तेश्रो बैठकमा सहभागी हुन स्वँराज नेपाल आउन लागेको उल्लेख गरिएको छ ।
द्विपक्षीय उक्त आयोगको बैठक नबसेको दुई दशक भइसकेको छ ।