रोकिएको इजरायलको रोजगारी खुल्यो

काठमाण्डु टुडे २०७९ असार १६ गते ७:४० मा प्रकाशित

काठमाण्डु, १६ असार– इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएको छ ।

इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका हुन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार इजरायली पक्षसँग अनलाइन बैठक गरी प्रवेश सहजीकरण गर्ने सम्बन्धमा छलफल गरेका थिए ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा कार्य गर्न छनौट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता ९एसईसी० सम्पन्न भई २९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् ।

कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us